भन्सार प्रशासनलाई राजश्व संकलन गर्ने निकायमा मात्रै सीमित राख्नु हुँदैन : उद्योग सचिव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

भन्सार प्रशासनलाई राजश्व संकलन गर्ने निकायमा मात्रै सीमित राख्नु हुँदैन : उद्योग सचिव

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व उठाउने निकायको रूपमा मात्र सिमित राख्न नहुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवर्द्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताउनुभएको हो ।

सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै गरेको बताउँदै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा दीर्घकालीन आधुनिकीकरण र रणनीतिमा कम ध्यान गएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्ने उहाँले बताउनुभयो ।

सचिव घिमिरेले भन्सार ऐनअनुसार नै प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । घिमिरेकाअनुसार अब  जाँचपास प्रक्रियामा अब ढिलाइ गर्न हुँदैन भने व्यवसायीहरुले पनि भन्सार ऐन मिच्नुहुँदैन ।

Leave a Reply