भिरबाट लडेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भिरबाट लडेर एक जनाको मृत्यु

woman dead

बाजुरा, ९ माघ । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल वडा १ दुर्गालि घर भएका अन्दाजि ५३ वर्षका झिर्के रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले बताउनु भएको छ ।

प्रहरी प्रमुख भट्टराईका अनुसार घटना स्थल तर्फ ईलाका प्रहरी कार्यालय गौमुलबाट प्रहरीको टोली गएको छ । मृतकको पोष्टमार्टम जिल्ला अस्पताल बाजुरामा गरिने प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);