एनआइसि एसिया बैंकको त्रैमासिक वित्तीय नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एनआइसि एसिया बैंकको त्रैमासिक वित्तीय नतिजा सार्वजनिक

काठमाडौं, ७ माघ । एनआइसि एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक गर्दै बैकले वित्तिय परिसुचक उत्साहजनक रहेको जनाएको छ ।

बैकका अनुसार चालु आर्थीक बर्षको दोस्रो त्रैमासिकसम्म बार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत अर्थात ७७ करोड रुपैयाँ बृद्धीगरी २ अर्ब ९० करोड सन्चालन मुनाफा आर्जन गरेको छ ।

यस्तै खुद नाफाको विन्दुगत आधार ३३ प्रतिशत अर्थात ५० करोडले बृद्धी गरी २ अर्व १ करोड रुपैयाँ कमाएको छ । गत बर्ष सोही अवधीमा खुद नाफा १ अर्व ५१ करोड रहेको थियो ।

यस्तै बैंकले यस आर्थीक बर्षको दोस्रो त्रैमासिकसम्म कर्जा तर्फ १५ अर्ब रुपैयाँ बृद्धी गरी १ सय ६५ अर्व र निक्षेप संकलन तर्फ ६ अर्व रुपैयाँले बृद्धी गरी १सय ८६ अर्व पु¥याउन सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);