प्रचण्डको अभिव्यक्तिप्रति अधिकारकर्मीको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

प्रचण्डको अभिव्यक्तिप्रति अधिकारकर्मीको चिन्ता

काठमाडौं, ३ माघ । अधिकारकर्मीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्र जिम्मेवारी लिने अभिव्यक्ति दिनुले संक्रमणकालिन न्याय व्यवस्थामा संशय पैदा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

माओवादी द्धन्द्ध कालमा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीको १८औं स्मृति दिवसका अवशरमा राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी अधिकारकर्मीले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले दाहालले ५ हजारको मात्रै जिम्मा लिन्छु भन्ने अभिव्यक्ति स्पष्ट नभएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले नेताहरुको कार्यशैली देखेर डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

पूर्व न्यायाधीवक्ता मुक्ति श्रेष्ठले सत्य निरुपण आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनमा विलम्ब नगर्न आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);