काठमाडौं, ०३ माघ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै,संसद सञ्चालन गर्न प्रतिपक्षी दलको भूमिकाका बारेमा छलफल हुने ।
बैठक संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजेपछि बस्ने छ । सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसदलाई यथाशिघ्र सञ्चालन गर्न प्रतिपक्षी दलको भूमिकाका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
बैठक संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाज संसदमा राख्न नसकेको बिषयमा केन्द्रीत हुने बताइएको छ । बैठकमा कांग्रेसले सभामुख निर्वाचनमा पार्टीले भाग लिनेबारे आन्तरिक छलफल पनि हुनेछ । सभामुखका सम्बन्धमा सत्तारूढ नेकपा एउटा निर्णयमा पुगेपछि कांग्रेसले आफ्नो रणनीति बनाउने बताइएको छ ।