यु-१९ एसिया क्रिकेट कप : नेपालले पायो १२२ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

काठमाडौं, ३१ भदौ । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेट छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपालले एक सय २२ रनको लक्ष्य पाएको छ।

मलेसियामा टस जितेपछि पहिले घरेलु टोलीलाई ब्याटिङका लागि बोलाएको नेपालले ४२ ओभरमा मलेसियालाई एक सय २१ रनमा आउट गरेको हो।

मलेसियालाई सामान्य लक्ष्यमा सिमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ५ विकेट लिए। पवन सर्राफले २ तथा, रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट बाँडे।