स्थापनाको दुई वर्ष नपुग्दै अख्तियारको छानबिनमा सामाजिक विकास मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

स्थापनाको दुई वर्ष नपुग्दै अख्तियारको छानबिनमा सामाजिक विकास मन्त्रालय

akthiyar durupayog aanusandhan aayog

काठमाडौं, ०१ माघ। स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

१६ वटा टाइप बी एम्बुलेन्स खरिद, ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिद, निःशुल्क बाँड्ने औषधी खरिद, अस्पतालका लागि अक्सिजन प्लान्ट खरिद र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले मन्त्रालयको सो सम्बन्धि सबै कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख बाबुराम खतिवडाले सामाजिक विकास मन्त्रालयका ती कार्यक्रमहरु अनुसन्धानको दायरामा ल्याएको बताए । यो खबर आजको कारोबारमा मुकेश चौधरीले लेखेका हुन् ।

ताजा समाचार