आवेदनको ६ महिनापछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

आवेदनको ६ महिनापछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरु हुँदै

nepal security board

काठमाडौं, २९ पुस । आवेदन आएको ६ महिनापछि नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज कम्पनी छनोट प्रक्रिया अगाडि बढाउन थालेको छ

। बोर्ड अध्यक्ष पद रिक्त भएपछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अघि बढ्न सकेको थिएन ।

अहिले नयाँ अध्यक्ष आइसकेपछि बोर्डले प्रक्रिया अगाडि बढाउन लागेको हो । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रबार पदभार ग्रहण गरेका थिए ।

बोर्डले कमोडिटी बजार सञ्चालन गर्न चाहने कम्पनीहरुलाई अनुमति दिन गत असारमा आवेदन खुला गरेको थियो । त्यतिबेला ६ कम्पनीले आवेदन दिएका थिए ।

कमोडिटी एक्सचेन्ज कम्पनी छनोटका लागि ५ सदस्यीय समिति गठन गरिएको थियो ।

यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।