काठमाडौं, २८ पुस । प्रतिनिधिसभाको बैठक लगातार तेश्रो पटक स्थगित भएको छ । आइतबार १ बजे बोलाइएको बैठक पनि सूचना टांसेरै स्थगित गरिएको छ । पुस ४ गते पहिलो पटक बैठक बसे यता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । सत्तारुढ दल नेकपा भित्रको विवादले बैठक अवरुद्ध हुँदै आएकोमा विपक्षी दल नेपाली कांग्रेस लगायतले आपत्ति जनाएका छन् ।
प्रतिनिधीसभाको आइवार बोलाइएको बैठक पनि स्थगीत भएको छ । अधिबेसनको मुख्य ऐजेण्डा सभामुख चयन लगायत महत्वपूर्ण बिभिन्न बिधेयकहरु पास गर्नु रहेको छ । तर प्रतिनिधी सभाको बैठक पूस ४ गते सूरु भए यता एक पटक पनि बस्न सकेको छैन ।
पुस ११ ,१६ र २७ गते बैठक बोलाइए पनि लगातार सूचना टांसेरै स्थगित हुँदै आएको छ । यसको मुख्य कारण सभामुख को बन्ने भन्ने नेकपा भित्रको जुंगाको लडाई हो । नेकपा सचिवालय उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन भने पनि उपसभामुख राजीनामा नदिने अडानमा देखिनु भएको छ।
सक्तारुढ दलले सभामुख कसलाइ बनाउने भन्ने निर्णय गर्न नसकेकोले प्रतिनिधि सभाको बैठक अवरुद्ध छ । नेकपाले आग्रह गरेकोले बैठक स्थगीत गरिएको उपसभामुखको भनाइ छ । उपसभामुखको राजीनामा नआएको कारण नै बैठक स्थगीत हुन पुगेको सत्तारुढ दलका नेता देव गुरुङ बताउँछन् ।
नेकपाको शीर्ष नेतृत्व र सचिवालय बैठकबाटै उपसभामुखलाई राजीनामा दिन चर्काे दवाव छ । तर उपसभामुखले बिना कारण आफूले राजीनामा नदिने अडान लिंदै आउनु भएको छ । । राजीनामा दिए पनि नेकपाले सभामुख कसलाइ बनाउने भन्ने निर्णय गर्न सकेको छैन ।
यसरी पार्टी भित्रै जुंगाको लडाईमा सक्तारुढ दलको कारण लगातार सदन अबरुद्ध हुनुले संसदीय अभ्यासमै नकारात्मक असर पर्ने सत्तापक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेताहरु बताउँछन् ।
उपसभामुखले राजीनामा दिएर सभामुखका लागी मार्ग प्रशस्त नगरिदीएको कारण बैठक स्थगीत भएको नेकपाका नेताहरुको बुझाइ छ । तर उपसभामुख भने त्यो मान्ने पक्षमा देखिनु हुन्न । सत्तारुण दलले सभामुखको नामको टुङ्गो लगाउने बिक्तिकै आफुले राजीनामा दिने उपसभामुख तुम्बाहाम्फेको भनाइ छ ।
सभामुखमा आकांक्षी धेरैहुुनु नै नेकपाको लागी सभामुख चयन सकसको बिषय बनेको छ । सभामुखकै कारण प्रतिनिधि सभा बैठक बन्धक बन्नुलाई सत्तापक्ष तथा प्रतिपक्षी मात्र होइन राजनीति भन्दा बाहिर रहेकाले पनि राम्रो मानेका छैनन । बैठक बन्धक हुनुमा अरु नभएर सत्तापक्षकै शीर्ष नेता अहिले मुख्य कारण बनिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आआफ्नो पक्षधर समर्थकलाई सभामुख बनाउन खोज्नुले प्रतिनिधि सभा तीन महिनादेखि सभामुख बिहीन बन्दै आएको छ ।