प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन कांग्रेसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन कांग्रेसको चेतावनी

nepali congress

काठमाडौं, २७ पुस । प्रमुख प्रतितिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ । आइतबार सूचना टाँसेर संसद बैठक माघ ६ गते बस्नेगरी स्थगित गरिएपछि कांग्रेसले प्रतिक्रिया जनाउँदै सरकार र सत्तारुढ दल नेकपालाई तत्काल निकासको मार्ग प्रशस्त गर्न सचेत गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाउनुभएको छ । बिज्ञप्तिमा नेपाली कांग्रेस प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराइएको उल्लेख छ ।

शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप समेत लगाउनुभएको छ ।

बिज्ञप्तिमा ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको उल्लेख छ ।