व्यवसायीहरु मिलेर नै दिलीपको हत्या गरेको प्रहरीको ठहर | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

व्यवसायीहरु मिलेर नै दिलीपको हत्या गरेको प्रहरीको ठहर

dilip hatya

धनुषा, २७ पुस । अवैध खोला उत्खनन्को विरोध गर्दा धनुषा मिथिला नगरपालिका–५ श्रीपुरका युवक दिलीप महतोको व्यवसायीहरु मिलेर हत्या नै भएको प्रहरीले ठहर गरेको छ । दिलिप महतोको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य योजनाकार क्रसर मालिक विपीन महतोसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२७ वर्षका विपीन हत्या भएका युवक दिलीपकै गाउँले हुन् । उनले घर पूर्वको औरही खोलामा चुरियामाई प्रशोधन केन्द्र क्रसर सञ्चालन गरेका छन् । अन्य पक्राउ पर्नेमा दिलीपलाई किच्ने ना ७ ख ६४१३ नम्बरका टिपर चालक, महोत्तरीको बर्दिबास नगरपालिका–९ बस्ने वर्ष ३४ का मुनिन्द महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ बस्ने २४ वर्षका जितेन्द्रकुमार महतो र २७ वर्षका रोशन यादव छन् ।

रोशन दिलीपका छिमेक साथी हुन् । हत्या घटनाको अभियुक्तहरु छुटाउने दबाब बढेपछि प्रहरीले शनिबार राति ८ बजे पत्रकार सम्मेलन आयोजन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

खोलामा उत्खनन् भइरहेको थाहा पाएपछि टिपर समात्न गएका दिलीपलाई उनीहरुले फलामको लिभरले दाहिने कोखमा घोची घाइते पारी, खोलामा सुताएर टिपरले किचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

हालसम्म अनुसन्धानको क्रममा चारजनालाई पक्राउ गरेर सार्वजनिक गरेको र घटनामा अन्यको समेत संलग्नता भए उनीहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरमा ल्याउने उपरीक्षक बस्नेतले बताउनु भयो ।

शुक्रकार बिहान करिब ४ बजे अवैध खोला उत्खनन भइरहेको रोक्न जाँदा टिपरले किचेर दिलीपको हत्या गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);