आज पृथ्वीजयन्ती तथा एकता दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज पृथ्वीजयन्ती तथा एकता दिवस

prithivinarayan-Shah

काठमाडौं, २७ पुस । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत र्पुयाएको भनी उनलाई सम्झिने गरिन्छ । नेपाल सरकारले औपचारिकरुपमा पृथ्वी जयन्ती मनाउन छोडेपछि केही दल र नागरिक समुहले २७ पुसलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);