काठमाडौं, २३ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरथित दशरथ रंगशालामा बुधबार भएको खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको हो ।
जितपछि ५ खेलमा १० अंकसंगै थ्री स्टार मनाङ र मच्छिन्द्र क्लबपछि तेस्रो स्थानमा पुगेको छ । थ्री स्टारलाई जित दिलाउन सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए ।