एजेन्सी , २२ पुस । इरानका दिवंगत सैन्य कमाण्डर कासेम सुलेमानीको अन्तिम संस्कार पुरा भएको छ । गत शुक्रबार अमेरिकी आक्रमणमा मारिएका सुलेमानीको शव मंगलबार गृहनगर करमानमा गाडेर अन्तिम संस्कार पुरा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
शवयात्रामा सहभागि हजारौ इरानीहरुले सुलेमानीको हत्याको बदला लिनु पर्ने नारा लगाएका थिए । इरानमा सर्वाेच्च नेता आयोतोल्लाह खामेनीपछि दोस्रो शक्तिशाली इरानीको रुपमा रहेका सुलेमानी इराकमा अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएपछि विश्वको ध्यान नै यसतर्फ मोडिएको विश्लेषकहरुको विश्लेषण छ ।
इरानले अमेरिकासंग सुलेमानीको हत्याको बदला लिने घोषणा गरिसकेको छ । इरान सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मुल्य ८ करोड डलर समेत तोकिसकेको छ ।
अमेरिकाले पनि इरानबाट हुनसक्ने संभावित खतरा विरुद्ध खाडी क्षेत्रमा सैनिक परिचाचलन गर्ने तयारी गरिरहेको छ ।




