पोखरा, २१ पुस । अहिलेको सहरिया जिवन निकै ब्यस्त छ । सबैजना आ–आफ्नै काममा ब्यस्त छन् । यसले जिवनका धेरै आरोह अवरोहको अनुभव गर्नुभएका जेष्ठनागरिकको जिवन भने एक्लिदै गएको छ ।
तर पोखराको लामाचौर संचनलन गरिएको जेष्ठनागरिक मिलन केन्द्र भने जेष्ठनगरिकलाई भेला पार्ने र मन बिसाउने चौतारी बनेको छ ।
गाउँने र नाच्ने दुवै समुह जिवनको उत्तराद्र्धको फुर्सदिलो जिवन बिताई रहेका जेष्ठ नागरिक । बिहान दश वज्दा नवज्दै पोखराको लामा चौर असपासका वृद्ध बा आमा साझा चौतारीमा आउनुहन्छ आफ्नो मन बिसाउन । आफु जस्तै दौतरीसंग रमाइलो गर्नु यस छेत्रका ५० भन्दा धेरै बा–आमाको दैनिकी बनिसकेको छ ।
गएको वैशाखमा स्थानियहरुको पहलमा जेष्ठ नागरिक मिलन केन्द्र खोलियो । पोखरा महानगरपालिका वडा नं १९ को भक्ति पथमा रहेको विपि स्मृति भवनलाई उपयोग गरेर यो मिलन केन्द्र सञ्चाल गरिएको छ ।
केन्द्र शुरु गर्दा ८/१० जना मात्र आउने गरेकोमा आजभोलि पुरा भरिने गरेको छ । यहाँ आउने जेष्ठ नागरीककालागि दिउँसो खाजाको व्यवस्था मिलन केन्द्र सञ्चालक समितीले चन्दा उठाएर गरेको छ ।
उमेर ढल्किदै जाँदा घरमा एक्लो महशुस हुने र आफुजस्तै उमेर समुहका संग अन्तरंग कुराकानी गर्दा मन रमाउने भएर पनि जेष्ठ नागरिक मिलन केन्द्रमा वृद्धवृद्धाको संख्या वढेका हो ।
छोराछारीको ब्यस्त जिन्दगीले एक्लै वस्ने वाध्यता भएका बृद्धबृद्धालाई यो राम्रो चौतारी बनेको छ । केन्द्रमा दिनभर भजन किर्तन हुन्छ । भजन सुने पछि बृद्धबृद्धाले सबै पीडा भुल्ने गरेका छन् ।
राज्यको खासै लागानी छैन यो मिलन केन्द्रमा तैपनि १० मैहिनादेखि निरन्तर चलेको छ । संस्थाले स्थानिय निकाय, प्रदेश संघिय सरकारलाई सहयोगका लागि आह्वान गरेको छ
जिवनका सारा अनुभव लिइसकेका बृद्धबृद्धालाई सुन्ने फुर्सद आज भोली उनीहरुकै सन्तानसंग छैन । चुनैतीपुर्ण जिवन ब्यवस्थापन गर्न ब्यस्त हुनु सन्तानको बाध्यता छ । एक्लो जिवनले बृद्धबृद्धामा पारेको नकारात्मक प्रभव घटाउन केन्द्र राम्रो विकल्प बनेको छ ।