प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउने प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउने प्रयास जारी

pradesh sava

काठमाडौं, २१ पुस । प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउने प्रयास जारी , प्रदेश सभामा सोमबार छलफल र मंगलबार मतदान हुने भएको छ ।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा सोमबार छलफल हुने र मंगलबार मतदान हुने बताउनु भएको हो । प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँगको छलफल कार्यक्रममा उहाँले दुई दिनको कार्यवधिका बारेमा जानकारी गराउनु भएको हो ।

यसअघि प्रदेश ३ को नाम र राजधानीको विषयमा सहमति जुटाउन आइतबार बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठक विना निश्कर्ष सकिएको थियो । नाम बागमतीमा धेरैले सहमति जनाए पनि राजधानीबारे धारणा बाझिएपछि बैठकले निश्कर्ष निकाल्न नसकेको हो । सोमबार बिहान नेकपाका केन्द्रीय सदस्यहरु र प्रदेश सांसदहरुको छलफल बोलाइएको छ । संसदीय दलको बैठकमा राजधानी हेटौँडा बनाउने पक्ष र विपक्षमा संसदहरु विभाजित भएका थिए ।

नेकपा सचिवालय बैठकले नाम र राजधानी तोक्न लगाएर हस्तक्षेप गर्न खोजेको भन्दै प्रदेश संसदहरुले सचिवालयको निर्देशन पालना नगर्ने चेतावनी दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);