विवादास्पद एमसीसीका परियोजना पनि राष्ट्रिय गौरवका आयोजनाभित्रै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विवादास्पद एमसीसीका परियोजना पनि राष्ट्रिय गौरवका आयोजनाभित्रै

mcc

काठमाडौं, २० पुस । प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ ।

संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ ।

गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम हुन् । आयोग स्रोतका अनुसा यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रक्रिया अघि बढाइएको छ ।

एससीसी ठूले परियोजना भएकाले ठूला आयोजनाको सूचीमा राख्ने तयारीमा छ, संसद्बाट पास भएलगतै सो आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिनेछ,’ योजना आयोग स्रोतले बतायो ।

ती तीन आयोजना सूचीकृत भएमा गौरवका आयोजनाको संख्या हालको २१ बाट बढेर २४ पुग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);