काठमाडौं आसपासका पहाडमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

काठमाडौं आसपासका पहाडमा हिमपात

काठमाडौं, १९ पुस । काठमाडौं आसपासका पहाडहरुमा शनिबार हिउँ परेको छ । हिउँ परेपछि पर्यटकीय स्थल चन्द्रागिरीमा हिउँ खेल्न युवायुतीहरु पुगेका छन् ।

पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँपरेको हो । चन्द्रगिरी डाँडामा हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेको संख्या बढेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुले खचाखच भरिएको चन्द्रागिरीमा हिउँ खेल्न युवायुवती मात्रै होइन बालबालिकाहरुको समेत भीड लागेको थियो । स्वदेशी मात्रै होइन् विदेशी पर्यटकहरु पनि शनिबार चन्द्रागिरीमा भेटिएका छन् । चन्द्रागिरीमा हिउँ परेपछि करिब ५ हजार भन्दा बढीको संख्यामा हिउँ खेल्न चन्द्रागिरि पुगेको हिल्सका म्यानेजर अभिषेक विक्रम शाहले बताउनुभयो ।

उहाँले चन्द्रागिरी जानेहरुको संख्या बढेसँगै सुरक्षामा विशेष ध्यान दिइएको बताउनुभयो । शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फुलचोकी र शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);