ललितपुर, १९ पुस । ललितपुरको पाटन गावाहलमा शनिबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार बिहान पुल्चोक र गावाहलको बीचमा शंकास्पद वस्तु फेला परेको हो ।
घटनाको सूचना पाए लगतै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । स्थानियका अनुसार मोटरसाइकलमा आएका एक जना व्यक्तिले उक्त शंकास्पद वस्तु छोडेर गएका थिए ।