पेलेरै अघि बढे देउवा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

पेलेरै अघि बढे देउवा

deuba11

काठमाडौं, १२ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पु¥याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ। बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।

केन्द्रीय कार्यसमितिको म्याद २०७७ फागुन १९ सम्मका लागि थपिएको छ।

देउवाको यस्तो कदमले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने भएको छ। वरिष्ठ नेता पौडेलले जे भइरहेको छ त्यो ठिक नभएको बताए। उनले आगामी दिनमा कसरी अघि बढ्नेबारे शनिबार बैठक गरेर रणनीति तय गर्ने जानकारी दिए। पौडेलले सहमति नजिक पुग्नै लाग्दा सभापतिले लिएको निर्णयले दलमा थप समस्या निम्त्याउने बताए। ‘हामी छलफल गरेर निर्णयमा पुग्छौं। यो राम्रो कदम होइन,’ उनले भने, ‘छलफल निकै सकारात्मक रूपमा भइरहेको थियो। सभापति एक्कासि यस्तो निर्णयमा किन पुग्नुभयो ? यसमा हामी बैठक बसेर निर्णय लिनेछौं।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);