प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा ठूलो जित हासिल गरेको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा ठूलो जित हासिल गरेको दाबी

israel benjamin netanyahu

एजेन्सी, ११ पुस । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नेतृत्वका लागि सत्तारूढ लिकुड पार्टीभित्र भएको मतदानमा आफूले ठूलो जित हासिल गरेको दाबी गरेका छन् ।

शुक्रबार बिहान पार्टीभित्रको मतदान सकिएपछि ट्वीट गर्दै नेतान्याहुले आफू विजयी भएको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । लिकुडपार्टीका अनुसार मतदान गर्न योग्य एक लाख १६ हजार पार्टी सदस्यमध्ये करिब ४९ प्रतिशतले मतदान गरेका थिए ।नेतान्याहुलाई नेतृत्वका लागि चुनौती दिएका लिकुड पार्टीका नेता गिडीओन सारले पनि हार स्विकार गर्दै आगामी माचएमा हुने संसदीय निर्वाचनमा नोन्याहुलाइ सहयोग गर्ने बताएका छन् ।

खराब मौसमका कारण मतदानमा सहभागीको संख्याकम हुन सक्ने आशंकामा नेतान्याहुले फेसबुक लाइभमार्फत् पार्टीका मतदाताहरूलाई घरबाट निस्कन र मतदान गर्न आह्वान गरेका थिए । विजयी हुने निश्चित भएपनि नेतान्याहुले पार्टीमाथि आफ्नो पकड अझै बलियो रहेको देखाउन चुनावी प्रचारप्रसारमा खटिएका थिए ।