जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा

heart-attack

काठमाडौं, ८ पुस । के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।

जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।

चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिग्रदै जान्छ । मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए । उनले भने, ‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहने सम्भावना रहन्छ ।’

चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले भिटामिन डीको कमी भई अन्य समयभन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ ।

चिकित्सकका अनुसार चिसोबाट जोगिनु नै यसबाट बच्ने उत्तम उपाय हो । विदेशमा गरिएका केही अध्ययनले गर्मीभन्दा जाडोमा समग्रमा हर्टअट्याकको घटना ५० प्रतिशतले बढ्ने देखाएको छ । यस्तै, चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर, कोलेस्ट्रोल भई त्यसले हर्टअट्याकसमेत हुन सक्छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);