भक्तपुर, ७ पुस । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले दुइ तिहाईको सरकार सिमाको बिषयमा मौन रहनु रहस्यमय भएको बताउनु भएको छ ।
भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपाली सिमा भारतले मिचेको बिषयमा यती लामो समय सम्म पनि सरकार मौन रहनु र क्याबिनेटबाट कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताउनु भएको हो ।
उहाँले वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा आफ्नो गुण तिर्न कौडिको मूल्यमा उपलब्ध गराएको आधारले नै सरकार कति भ्रष्टाचारमा डुबेको छ भन्ने प्रष्टाएको बताउनु भयो ।
फरक प्रसंगमा उहाँले काँग्रेसले अव गुटको राजनीतिलाई चिर्दै बिचारको राजनीतिलाई अग्रसरता दिने बताउनु भयो । उहाँले नेपालको बिदेश नीति सत्तामा बस्न र नीजि स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै बिदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।