गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गामा देखिएको विवादबारे नेकपाकै सांसदले मागे सरकारको जवाफ | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गामा देखिएको विवादबारे नेकपाकै सांसदले मागे सरकारको जवाफ

काठमाडौं, ७ पुस । सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसंग माग गर्नुभयो ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेता भट्टराईले सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “खास गरी गोकर्ण रिसोर्ट र नारायणहिटी संग्राहलय अगाडि दरबारमार्गमा रहेको जग्गाको भोगाधिकार सम्बन्धी विषय आलोचनाको रुपमा बाहिर आएको छ । आलोचना र विवाद बाहिर आईसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । तसर्थ यी विषयमा सदनलाई जानकारी गराईयोस् ।”

विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उहाँले सिमाको विषयमा स्पष्ट अडान लिएको भन्दै सरकारको बचाउ गर्नुभयो ।

अपराध मुक्तको बाटोमा मुलुक अघि बढेको दाबी गर्दै उहाँले पैसाले कानून र न्यायलाई किनेर उम्कने अवस्था नरहेकाले उच्च ओहदामा बस्नेहरुले पनि नैतिक मुल्यमा आधारित भएर राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);