किन विद्यार्थीले संस्कृत शिक्षालाई निरन्तरता दिदैनन् ? | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

किन विद्यार्थीले संस्कृत शिक्षालाई निरन्तरता दिदैनन् ?

sanskrit sikshya

दाङ, ६ पुस । पछिल्लो समय संस्कृत शिक्षामा कमै विद्यार्थीहरुले मात्र रुची देखाएका छन् । दाङको एकमात्र संस्कृत विद्यालयमा समेत कक्षा १० पछि संस्कृत शिक्षालाई निरन्तरता दिएको पाइदैन । संस्कृतप्रति विद्यार्थीहरुलाई आकर्षित गर्न र संस्कृतलाई जोगाउन समय अनुसार पाठ्यक्रममा परिवर्तन गर्नु पर्ने विद्यालयले जनाएको छ ।

जनता संस्कृत माध्यमिक विद्यालय दाङ कै एक मात्र संस्कृत पढाई हुने विद्यालय हो । तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा रहेको संस्कृत विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म पढाई हुने गर्दछ । विं.स २००८ सालमा स्थापित यस विद्यालयमा कक्षा ४ देखि संस्कृत पढाई हुन्छ ।

विद्यालयमा कक्षा १० सम्म संस्कृत भाषामा अध्ययन गर्न विद्यार्थीहरुले रुचि देखाएपनि त्यसपछि भने विद्यार्थीहरुले निरन्तरता नदिएको विद्यालयले जनाएको छ । संस्कृतमा विद्यार्थीहरुको रुचि बढाउनका लागि समय अनुुसार संस्कृत शिक्षाको पाठ्यक्रममा परिमार्जन गर्दै लानु पर्ने विद्यालयका प्रधानाध्यापकको भनाई छ ।

सामान्यतया पछिल्लो समयमा अधिकांस विद्यार्थीहरु अंग्रेजी माध्यमबाट पढ्नमा धेरै रुची राख्ने गर्दछन् । अभिभावकको चाहना नै अंग्रेजी माध्यममा आफ्ना बालबालिकालाई पढाउने देखिन्छ । त्यसैले समय अनुशार संस्कृत शिक्षाको पनि परिमार्जन गर्दै लानु पर्ने तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा बताउनु हुन्छ ।

विद्यालयमा सबै भन्दा बढी थारु समुदायका विद्यार्थीहरु अध्ययन् गर्ने गर्दछन् । विद्यार्थीहरुमा पनि छात्राहरु धेरै छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि संस्कृत विषय पढेर खुशी छन् ।

नेपालको संविधान २०७२ भाग तीनको मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ शिक्षासम्बन्धी हकमा उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हकको व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);