काठमाडौं, ३ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारहरु राष्ट्रका धरोहर भएपनि राज्यबाट पर्याप्त लगानी हुन नसकेको बताउनुभएको छ । नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा बिहिबार गरेको स्रष्टा सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डाक्टर समर बहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । त्यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सम्मानित गरिएको थियो ।





