एजेन्सी, ३ पुस । इंग्लिश क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खालिफा अन्तर्रा्ष्ट्रिय मैदानमा खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए । तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।