भ्रमण वर्ष २०२० को सचिवालय र टानबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भ्रमण वर्ष २०२० को सचिवालय र टानबीच सम्झौता

visit-nepal-2020

काठमाडौं, २५ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न सचिवालय र टानबीच विभिन्न ११ बुँदे समझदारीपत्रमा सम्झौता भएको हो । बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष व्यक्ति, मन्त्रालय तथा सरकारको मात्र नभएर सबै नेपालीको भएको बताउनुभयो ।

उहाँले पर्यटकको सेवा सुविधा बढाए मात्र पर्यटकहरु फेरी नेपाल आउने सम्भावना रहने बताउनुभयो । त्यसका टानसँगको सम्झौता महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले देशको आर्थिक विकासका लागि गुणस्तरीय पर्यटनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले २० लाख पर्यटक ल्याउने घोषणा गर्दा टानले सबै सदस्यमार्फत ८ लाख बढी पर्यटक नेपाल लयाउने योजना बनाएको बताउनुभयो ।

सचिवालय र टानबीच पद्यात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने, साहसिक पर्वतिय पर्यटन मार्ट नेपालमा आयोजना गर्ने, नयाँ पदयात्राको गन्तव्य खोजी गर्ने, विभिन्न देशमा पर्यटन प्रवर्द्धनको काम गर्ने, कम्तिमा ४ हजार व्यक्तिलाई पदयात्राका लागि तालिम प्रदान गर्ने, वातावरण संरक्षण र प्रवर्द्धनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विभिन्न ११ बुँदामा सम्झौता भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);