डडेल्धुरा, २५ मंसिर । लामो समयदेखि स्वच्छ खानेपानीको समस्या भोग्दै आएका डडेल्धुराको अजयमेरु गाउँपालिका–४ का केहि गाउँहरुका घरघरमा धारा जडान भएर पानी आउन थालेपछि स्थानीयहरु खुशि भएका छन् । घरघरमा खानेपानी आउन थालेपछि डडेल्धुराको अजयमेरु गाउँपालिका–४ स्थानीय खुशी भएका हुन् । घरघरामा खानेपानी पुगेपछि उनिहरुको दैनिकी नै परिर्वतन भएको छ । ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–४ मा पर्ने हुरा, सन्ना, मलान, कुटिया, बेल्कुडा गरी पाँच गाउँका घर घरमा खानेपानी पुगेको छ । यहाँका बासिन्दाको आफनौ धाराबाट पानी खाने सपना एक गैर सरकारी संस्थाको सहयोगमा गाउँपालिकाले पुरा गरिद्यिएको हो । अजयमेरु गाउँपालिकाको विकट मानिने साबिकको चिपुर गाबिसमा पर्ने धारीहुरा लगायतका गाउँमा खानेपानीको योजना अनुसार धारा पुगेको हो ।
३ करोड ९६ लाख ४६ हजार बजेटमा गोवरा खानेपानी तथा सरसरफाई योजना सम्पन्न भएपछि घर घरमै धारामा पानी आउन थाले पछि त्यहाँका स्थानीय खुशी भएका छन् । यसअघि यहाँका स्थानीय कुवा तथा खोलाको दुषित पानी उपभोग गर्न बाध्य थिए ।
अजयमेरु गाउँपालिकाले एक गैरसरकारी संस्थाको सहयोगमा त्यहाँका जनताको घरघरमा धारा पुर्याएको हो । खोनेपानीको धारो आफ्नो आँगन मै हुँदा त्यहाँका महिलाहरुको दिनचर्यामा पनि परिवर्तन आएको छ । भने केही कृषकलाई व्यवसायिक खेती तर्फ लाग्न मदत पुगेको छ ।
ग्रामिण जनस्रोत व्यबस्थापन परियोजना र अजयमेरु गाउँपालिकाको आर्थिक तथा हरमस डडेल्धुराको सामाजिक तथा प्राविधिक सहजीकरणमा बनेको योजनाबाट ४७ घरधुरीका ३ सय १४ जना लाभान्वित भएका छन् ।
एक बर्षको अबधिमा एक घर एक धारा अन्तरगत अजयमेरु गाउँपालिको वडा नम्बर ४ मा २ सय ५० घरधुरीमा धारा निमार्ण भई खानेपानीको पहुँच पुगेको हो ।
नागरिकका अधारभुत आवश्यकता मध्येको एक स्वच्छ खानेपानी पुरा भएपछि यस गाउँमा स्थानीय सरकार आएको महसुस भएको छ । यसबाट अन्य गाउँका बासिन्दाहरु पनि आफ्नो घरदैलोमा धारा आउने अपेक्षामा रहेका छन् ।