फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान कहिले ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान कहिले ?

fohor bebasthapan

काठमाडौं, २५ मंसिर ।  फोहोर व्यवस्थापनको समस्याले विकराल रुप लिँदै गएको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमका साथै सडक छेउमा फोहोर राख्ने डस्बीनहरुको समेत व्यवस्था गरेको छ । तर फोहोरको दीर्घकालीन समाधान हुन सकेको छैन भने कार्यक्रम पनि प्रभावकारी हुन सकेका छैनन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान के हुन सक्छ भनेर अहिले चौतर्फि आवाजहरु उठ्न थालेको छ । फोहोर व्यवस्थापनका लागि सडकका छेउमा फोहोर राख्न डस्बीनको व्यवस्था गर्नेदेखि सडक सफा गर्न बु्रमरको समेत प्रयोग भइरहेको छ । तर समस्या भने उस्तै छ ।

फोहोर व्यवस्थापनको दिर्घकालीन समाधानका लागी कौसी खेती प्रभावकारी हुने कतिपयको भनाई छ भने प्रविधि भित्र्याएर रिसाईक्लिङ गर्नुपर्ने सरोकारवालाको सुझाव छ । यस्ता विषयमा सयौं गोष्ठी र कार्यक्रम गरी सुझाव लिने गरे पनि फोहोरको दिर्घकालीन समाधान अझै निस्कन सकेको छैन । धेरैले धेरै किसिमको सुझाव दिंदा केहीले भने राज्य स्वयंले संयन्त्र बनाई सिसडोल क्षेत्रका बासिन्दालाई व्यवस्थीत गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् ।

फोहोर व्यवस्थापन गर्न नसक्नु महानगरपालिकाकाको वषौंदेखिको टाउको दुखाइ बनिरहेको छ । जुन नेतृत्व फेरिए पनि फोहोर व्यवस्थापनको समस्या पुरानै छ । अवस्था देखेर सर्वसाधारण पनि वाक्क छन् ।

महानगरपालीकालाई मात्र दोष दिएर राज्य चुुप लागेर बस्न नहुने तथा व्यक्ति स्वयम नै सचेत भएमा मात्र फोहोरको दिर्घकालीन समाधान हुने महानगरपालिकाका सरोकारवालाहरु बताउँछन् ।

काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौ महानगरलाई दिईएको छ । उपत्यका भित्र दैनिक ७ सय टन फोहोर निस्कने गर्छ । फोहार व्यवस्थापनकै सम्बन्धमा करोडौं खर्च गरेर विदेश भ्रमणदेखि तालिमहरु हुने गर्छ तर समस्या उस्तै पाइन्छ । फोहोरलाई मोहर बनाउने भनेर नारा पनि लगाए तर फोहोरलाई मोहरमा रुपान्तरण गर्ने कुनै कार्यक्रम महानगरपालिकाले कार्यान्वयन गर्न सकेको देखिंदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);