भारतमा नागरिकता सम्बन्धि विवादास्पद विधेयक तल्लो सदनबाट पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा नागरिकता सम्बन्धि विवादास्पद विधेयक तल्लो सदनबाट पारित

nagarikta bidek india

एजेन्सी, २४ मंसिर । भारतमा नागरिकता सम्बन्धि विवादास्पद विधेयकलाई त्यहाँको संसदको तल्लो सदनले पारित गरेको छ । छिमेकी तीनवटा देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धर्मको आधारमा नागरिकता दिनसकिने विधेयक संसदको तल्लो सदन लोकसभाले पारित गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त विधेयकमाथि भएको मतदानमा पक्षमा ३ सय ११ र विपक्षमा ८० मत खसेको थियो । उक्त विवादास्पद विधेयकले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका धार्मिक अल्पसंख्यकहरूलाई नागरिकता दिन सक्नेछ ।

मुस्लिमहरूलाई सीमान्तकृत पार्ने सत्तारुढ भाजपाको एजेन्डाको एउटा अंश भएको भन्दै आलोचना भइरहेको बेला उक्त विधेयक संसदको तल्लो सदनबाट परित भएको हो । अब उक्त विधेयक माथिल्लो सदनबाट पनि पारित भएको खण्डमा कानुन बन्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);