गतवर्ष भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी मुद्दा दर्ता : अख्तियार | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

गतवर्ष भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी मुद्दा दर्ता : अख्तियार

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले यस्तो बताउनुभएको हो । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ मा ३५१ वटा मुद्दा दार्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

देश संघिय संरचना गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउदै उहाँले अहिले १५ सय भन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताउनुभएको छ । अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रीत हुने उहाँले बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताउनुभएको छ । कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उहाँले बताउनुभयो ।

‘५० भन्दा कम अंक ल्याउने मुलुकमा धेरै भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ । नेपाल त्यो भन्दा पनि धेरै तल छ । विगत वर्षभन्दा पनि यो वर्ष अझ भ्रष्टाचार बढेको छ’, उहाँले भन्नुभयो ।

आयोगले स्थानीय तहहरुको उजुरीको प्रतिशत बढिरहेको जनाएको छ । भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्न आयोगले सबैमा अनुरोध गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);