काठमाडौं, २२ मंसिर । एनसेल “रिचार्जमा चमत्कार” योजना अन्तर्गत पहिलो हप्ताका विजयी चित्र कुमार सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण गरिएको छ ।
पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका ५ विजयीहरु मध्ये एक हुन् । योजनाको पहिलो हप्ताका ५ विजेता ग्राहकहरुमध्ये १ ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख नगद पुरस्कार प्रदान गरिएको हो ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो रिचार्जमा चमत्कार अफर मंसिर १, २०७३ देखि संचालन गर्दै आएको हो ।