भारतसँग व्यापारघाटा घटाउने सरकारको हरेक कदम असफल | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

भारतसँग व्यापारघाटा घटाउने सरकारको हरेक कदम असफल

flag of nepal and india

काठमाडौं, २१ मंसिर । छिमेकी मुलुक भारतसंग नेपालको व्यापार घाटा दिनप्रतिदिन चुलिँदो छ । भारतले आफ्नो कुल उत्पादनको ५० प्रतिशत निर्यात नेपालमा गरिरहँदा नेपालले भने आयातको तुलनामा निर्यात १५ प्रतिशत मात्रै गर्दै आएको छ ।

सरकारको व्यापारघाटा घटाउने हरेक कदम असफल सावित भइरहेको छ । चालु आर्थिक बर्षको कार्तिक महिनामा मात्रै मुलुककोे व्यापार घाटा ८८ प्रतिशत रहेको छ।

आर्थिक बर्ष २०७६/०७७ को कार्तिक महिनाको तथ्यांक हेर्ने हो भने, एक महिनामै नेपालले २ खर्ब ४८ करोडको व्यापार घाटा बेहोरेको छ । कार्तिकमा भारतबाट आयात मात्रै २ खर्ब ७२ अर्बको छ भने निर्यात २४ अर्ब २६ करोडमा सिमित छ ।

यो भनेको नेपालले भारतमा गरेको निर्यात कुल आयातको ११ प्रतिशत मात्रै हो । यसरी एक महिनामै खर्बौँको व्यापार घाटा सरकारको टाउकोमा थुपरिनुको मुख्य कारक भने सरकार आफै भएको भन्दै व्यवसायी पानी माथिको ओभानो बन्दै आएका छन् ।

व्यवसायीहरु सरकारले लगानीको वातावरण कायम गर्न नसकेको, बजार अध्ययन गर्न नसकेको र व्यवसायीलाई हतोत्साही गर्ने किसिमका कदम चाल्नाले व्यापार घाटा थप बढ्दै गएका आरोप लगाउँदै आएका छन् ।

नेपालभारत सिमा विवाद चलिरहँदा यसको असर दुईदेशिय व्यापारमा पर्ने देखिएको छ । करिब ८० प्रतिशत भारतीय सामान आयात हुने नेपालमा सिमाविवाद चुलिएसंगै आयात पनि खस्कँदो छ । त्

यसो त यसले निर्यातमा पनि असर पार्ने उद्योगिहरुको भनाई छ । सरकारले कुटनैतिक रुपमा सिमाको विवाद नसुल्झाए दुईदेशिय व्यापारमा आँच आउने कानुन व्यवसायी शेरबहादुर केसीको तर्क छ ।

नेपाल सरकारले आर्थिक बर्ष २०७६/७७ को ४ महिनामा व्यापार घाटामा ३३ प्रतिशतले कमि आएको दाबी गरिरहँदा एक महिनामै ८८ दशमलव ७२ प्रतिशतको व्यापार घाटा मुलुकको टाउकोमा आएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नयाँ कर नीतिले नेपालमा व्यवसायीक वातावरण गुम्दै गएको भन्दै वेला वेलामा उद्योगी व्यवसायी आन्दोलित समेत हुँदै आएका छन् । सरकार भने दिर्घकालिन समृद्धिको नारा लिएर अगाडी बढेको दाबि गरिरहँदा ८८ प्रतिशतको व्यापार घाटाले अर्थतन्त्रमा कस्तो असर पार्ला यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);