उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन शुन्य सहनशिलताको नीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन शुन्य सहनशिलताको नीति

काठमाडौं, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेकोले यसको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

उहाँले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्याङ्कनमा राम्रो सुधार गरिएको बताउनुभयो । उहाँले उड्डयन क्षेत्रको सेवा, सुविधा तथा सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता सबै उड्डयन कम्पनी तथा कर्मचारीले गर्नुपर्ने समेत बताउनुभयो ।

उहाँले नागरिक उड्डयान सम्बन्धी सेवा र सुरक्षाको लागि सरकारले कुनै सम्झौता नगर्ने भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले सबैपक्षको सहयोग र प्रतिवद्धता भए नेपालमा दशकौंदेखि कुनैपनि दुर्घटना भएका छैन भन्ने स्थिति बनाउन सकिने समेत बताउनुभयो ।

तर अझैपनि यात्रुको सेवामा उड्डयन कम्पनीहरुले शुल्कको आधारमा सेवा तथा सुरक्षा दिंदै आएको बताउँदै त्यसमा सुधार गर्नुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);