काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ । शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।
बोगटीले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे । योसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ ।