बल ब्वाई बने च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बल ब्वाई बने च्याम्पियन

ball boy sag

काठमाडौं, २१ मंसिर । फुच्चे केटो । निकै लुरे । रेन्ज (बल प्रहार गर्ने स्थान) मा बल टिप्थे । पछि बल हान्ने मौका पाए, राम्रो हाने । १–२ होल खेल्न दिइयो, राम्रो गरे । प्रगति गर्दै गए, मौका पाउँदै गए । गल्फ सेट बोकेर खेलाडीको पछिपछि हिँड्ने क्याडीको काम पनि गरे । तिनै सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को गल्फमा शुक्रबार व्यक्तिगत र टिम स्पर्धामा गरी २ स्वर्णपदक दिलाए ।

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ६ वर्षअघि अरूले प्रहार गरेको बल टिप्दै गरेको देखेका दीपक थापाले उनै सुवासको स्वर्ण यात्राका चारै दिनको खेललाई गोकर्ण गल्फ क्लबमा नियाले । त्यो बेला सुवासलाई बल टिप्न अह्राउने थापा यो सागको नेपाली गल्फ टिमका प्रशिक्षक पनि हुन् । ‘ती लुरे फुच्चेले बल टिपेर ४०–५० रुपैयाँ थापेको हिजोजस्तै लाग्छ,’ आरएनजीसीका प्रो थापाले भने, ‘आज आफ्नै सामुन्ने देशकै नाम उचो बनाउने पदक जिते । सागमा स्वर्ण जित्ने हामी सबैको मिसन पूरा गरिदिए । हिरो नै निस्किए ।’

लेले, ललितपुरका सुवासले बंगलादेशका मोहमद फाहरादको चुनौती ८ स्ट्रोकले पन्छाउँदै व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन् । उनले कुल ७२ होलको खेलमा १४ अन्डर २७४ स्कोर गरे । पार ७२ को क्लबमा उनले पहिलो दिन १ अन्डर ७१, दोस्रो दिन ६ अन्डर, तेस्रोमा ४ अन्डर र अन्तिम दिन शुक्रबार ३ अन्डर ६९ को कार्ड बनाए । नौ स्ट्रोकको अग्रता लिएर अन्तिम चरणको प्रतिस्पर्धामा ओर्लिएका उनले भने, ‘हिजो राम्रो खेलेको थिएँ । सबैले आजको (उपाधि होड) थाहा हुन्छ भन्नुभयो । सबैले भविष्यका लागि हुन्छ, राम्रो खेल्नुपर्छ भन्नुभयो । फराकिलो अग्रता भएकाले जित्नेमा ढुक्क थिए । सुरक्षित खेल्दै स्वर्ण जितेँ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);