लागूऔषधमा बालबालिका भरिया | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

लागूऔषधमा बालबालिका भरिया

child drug

वीरेन्द्रनगर, २१ मंसिर ।  प्रतिबन्धित चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनी भरियाका रूपमा प्रयोग भएका थिए। उनीजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लाने) गर्दैगर्दा अर्का बालक पक्राउ परे। यसरी कर्णालीमा लागूऔषध कारोबार गर्ने गिरोहले बालबालिकालाई प्रयोग गर्दै आएको छ। चरेस, लागूऔषधि सहजै ओसारपसार गर्न सकिने हुँदा कारोबारीहरूले बालबालिकालाई प्रयोग गर्ने गरेका हुन्।

यस आर्थिक वर्षमा सुर्खेत, सल्यान र मुगुबाट एक÷एक जना बालक पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा २९ जना बालबालिका पक्राउ परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा तीनजना बालक पक्राउ परेका थिए। प्रहरीका अनुसार १० देखि १६ वर्षसम्मका बालबालिकालाई लागूऔषध कारोबारीले भरियाका रूपमा प्रयोग गर्दै आएका छन्।

शंका र जाँच कम हुने हुँदा लागूऔषध कारोबारीले बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्दै आएका छन्। ‘पहिला कारोबारी आफैं लागूऔषध ओसारपसार गर्दै आउँथे,’ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सेनाले भने, ‘प्रहरीको सक्रियतामा उनीहरू धमाधम पक्राउ पर्न थालेपछि बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरेका हुन्।’ क्रियाकलापका आधारमा अहिले बालबालिकालाई पनि जाँच गर्न थालेको उनको भनाइ छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);