टिका खतिवडा
इलाम, १९ मंसिर । सुन्दा पनि अचम्म लाग्ने । अहिलेको जमानामा पनि मासुमंस र मध्यपान नगर्ने मानिस बस्ने एउटा गाँउ नै छ भनेर । त्यो पनि लिम्बुु समुुदायको बाहुल्यता रहेको क्षेत्रमा । त्यस्तो गाउँ हो, इलामको मांसेबुङ गाउँपालिकाको बाँझो । यो गाउँमा गाउँलेकै पहलमा काटमार र मदिराजन्य पदार्थ निषेध गरिएको छ ।
अहिले मठमन्दिर र धार्मिक स्थलमा बली नचढाउने, घरमा मासु नखाने, मद्यपान नगर्ने मान्छे कमै मात्र पाउन सकिन्छ । तर इलाममा पशुबली बिना नै देवीदेवताको पुजाआजा गर्ने एउटा गाउँ नै छ । इलामको माङ्सेबुङ्ग गाउँपालिका वाड नं. ३ र ५ बाँझेका घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएका छन्, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ ।
तर, यो अनौठो चलन त्यहाको चिनारी नै बनिसकेको छ । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने होईन । दुइ वर्ष अघि मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरि उक्त ध्वजा राखिएको हो । अहिले यो गाउँमा मासु मङ्स, जाँडरक्सी र सुर्ती बिडि खान र बेच्न पाइदैन ।
यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध लगाईएको छ । किराँत लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात ईश्वरले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको हो । किराँत धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन लिने भएकाले २०६२ सालबाट माङ्सेबुुङको वडा नं. ५ र वाड नंं. ३ को तल्लो भेगमा साकाहारी गाँउको अभ्यास थालिएको हो ।
विशेषगरी लिम्बू समदायको बसोबास रहेको सो स्थान किराँत धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलोको रुपमा विकास गरिएको छ । दुई दशकदेखि धार्मिकस्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ ।