कास्की, १५ मंसिर । कास्कीको पोखरामा सडक खन्ने क्रममा पुरिएका ५ कामदारको शव आइतबार निकालिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० मौजास्थित बिसौना भन्ने स्थानमा सडक स्तरोन्नति गर्ने क्रममा शनिबार बिहान माथिबाट सुख्खा पहिरो आएर उनीहरु पुरिएका थिए ।
मृतक सबै सल्यान बागचौर नगरपालिका–४ पेदीखोलाका स्थायी बासिन्दा रहेका जनाइएको छ । मृत्यु हुनेमा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् ।
मनिपाल–र्यालेचौर–मौजा–बिसौना–सिकलेस– मनाङ सडक खण्डअन्तर्गत रिटेनिङ वाल बनाउने क्रममा माथिबाट सुख्खा पहिरो गएर उनीहरु पुरिएका थिए। माथिबाट पहिरो झरेको देखेपछि एक जना भने भागेर बच्न सफल भएका छन् ।