काठमाडौं, १५ मंसिर । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ ।
३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १७ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । त्यसैगरी नेपाली कांंग्रेसले ५ र राजपाले २ स्थान जितेका छन् ।