खानेपानीमन्त्री बिना मगरद्वारा कञ्चनपुरमा मतदान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

खानेपानीमन्त्री बिना मगरद्वारा कञ्चनपुरमा मतदान

bina magar matadan

कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा भइरहेको उपनिर्वाचनमा नेपाल सरकारका खानेपानीमन्त्री बिना मगरले मतदान गर्नुभएको छ ।

मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान करीब साढे नौ बजे मतदान गर्नुभएको हो । मतदान पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री मगरले उपनिर्वाचनबाट जो विजयी भएपनि विकास निर्माणका कार्यलाई निरन्तरता दिनु हुन्छ भन्ने अपेक्षा व्यक्त गर्नु भयो ।

bina magar upanirbachan
उपनिर्वाचनको सुरक्षाका लागि करीब ३ सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा ५ सय ५९ पुरुष र ६४० जना महिला मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी मैदान छन् । वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);