दाङ, १२ मंसिर । समाजवादी पार्टीका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ ।
बिहिवार दाङमा संचारकर्मीसंग कुराकानी गर्दै भट्टराईले राजनीतिक दलको भागबन्डामा बनेको आयोग कम्जोर प्रकृतिको भएको टिप्पणी गर्नुभयो । उहाँले आयोगले सानामाछा समातेपनि ठुला माछा भने समात्न नसक्ने दाबी गर्नुभयो ।
भट्टराईले बर्तमान सरकार दुई तिहाइको रहेपनि जनताको पक्षमा भने एयटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक दलहरुको स्वार्थका कारण नेपाल भारत सीमा बिवाद समाधान हुन नसकेको दाबी पनि गर्नुभयो ।
भट्टराईले सीमा बिवाद मिाधान गर्न सबै दलहरुबीच राष्टिङय सहमति हुनुपर्नेमा जोड दिनुभयो ।