काठमाडौं, १० मंसिर । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस’ भएको छ ।
त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको हो । स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिनु भएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उहाँको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।