उपभोक्तामाथि खेलबाड गर्दै खाद्य कम्पनीः कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

उपभोक्तामाथि खेलबाड गर्दै खाद्य कम्पनीः कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

chamal

काठमाडौं, ९ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ ।

सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीमा आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौँ मूल्यका चामल कुहिएको हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);