कुखुराको हत्याले ७ जनाविरुद्ध मुद्दा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कुखुराको हत्याले ७ जनाविरुद्ध मुद्दा

Cock bhale

एजेन्सी, ८ मंसिर । छिमेकी मुलुक भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर ठूलै दंगाफसाद भएको छ । यो काण्डमा अहिलेसम्म ७ जना पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरिसकेको छ । मृतक कुखुराको पोस्टमार्टम भैसकेको छ भने घटनाको थप छानविन पुलिसले गरिरहेको छ ।

मान्छेको हत्या हुँदासमेत पुलिस चुप लागेर बसेको भन्ने आरोप लाग्छ हाम्रो देशमा । तर भारतमा चाहिँ कुखुराको मृत्युको घटनाले पुलिसको निद भगाइदिएको छ । बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा यो घटना भएको हो । घटना अनुसार स्थानीय एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चोरेछन् । जब महिलाले आफ्नो कुखुरा चोरी गरेको देखिन् तब चोर्नेवाला छिमेकीले उक्त कुखुरा मारिदिए ।

आफ्नो कुखुरा चोरेर मारेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चोरी गर्ने छिमेकीको घरमा पुगे । तर कुखुरा चोर्ने छिमेकीले उल्टै ती आमा छोरालाई पिटेर घाइते बनाए । ती महिलाले आफ्नो कुखुरा चोरी गरेको, कुखुरा मारेको र आफूमाथि कुटपिट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् ।

प्रहरीले ती सातै जनालाई पक्राउ गर्‍यो । मृत्यु भएको कुखुरालाई पोस्टमार्टमका लागि पशु अस्पतालमा पठाइयो । प्रहरीले कुखुरा चोरी तथा कुटपिटमा संलग्न ७ जनामाथि थप छानविन गरिरहेको बताइएको छ ।

– एजेन्सीको सहयोगमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);