काठमाडौं, ७ मंसिर । समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ । मन्त्रिपरिषद् पुनर्गठनपछिको अवस्थाबारे छलफल गर्न समाजवादी पार्टीको कार्यालय बालकुमारीमा शनिबार दिउँसो बैठक बोलाएको हो ।
उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरिएको तथा सोही पार्टीबाट तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादव अस्पतालमा रहेको समय सरकारबाट हटाइएको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको बताइएको छ ।
मन्त्रालय हेरफेर हुँदा उपप्रधानमन्त्री यादव भने भारत भ्रमणमा हुनुहुन्थ्यो । शुक्रबार नेपाल फर्किनुभएका यादवले आन्तरिक छलफललाई तीब्रता दिएपनि सार्वजनिक अभिव्यक्ति भने दिनुभएको छैन ।