सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’

kachchad

सिमकोट, ७ मंसिर । सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला ? वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड । तिनैले बिहान सबेरैदेखि रातिसम्म भारी बोक्दा हिमाली जीवन केही सहज भएको छ ।

नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा महँगो परिरहेकै अवस्थामा मुगुको गमगढी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्रीसम्म यिनै खच्चडले बोक्छन् । भारी बोक्ने खच्चडले सर्वसाधारणलाई राहत महसुस भएको छ भने रोजगारी पनि सिर्जना भएको छ ।

चङ्खेली गाउँपालिका–२, दार्मका लोकेन्द्र शाहीले यी ट्र्याक्टरको प्रयोग गर्न थालेको चार वर्ष भयो । आम्दानीको बलियो माध्यम भएकाले उहाँका लागि यी खच्चड सबै थोक हुन् । महिनामा डेढ लाख रुपियाँसम्म आम्दानी यसै माध्यमबाट हुने उहाँ बताउनुहुन्छ ।

मुगुको गमगढीबाट हुम्लाको चङ्खेली, सर्केगार्ड, खार्पुनाथदेखि सिमकोटसम्म दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामान, इन्धन, लिटोलगायत सामग्री ढुवानी गर्ने काम पाउँदा उहाँको कमाइ राम्रो भएकोे हो । दुःख पनि बढी हुने र कमाइ पनि राम्रो हुने देखिएपछि शाहीले यो व्यवसाय अँगाल्दै आउनुभएको हो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);