काठमाडौं, ६ मंसिर । प्रजातान्त्रिक गणतन्त्र कंगोेमा दादुरा रोगको महामारी फैलिएको छ । देशका सबै क्षेत्रमा फैलिएको दादुरा रोगबाट कंगोमा ११ महिनामा करिब पाँच हजार मानिसको मृत्यु भइसकेको र संक्रमितको संख्या साँढे दुई लाख पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
त्यसैगरी १५ महिनाको अवधिमा दादुराबाट मर्नेको संख्या इबोलाबाट मर्नेको संख्या भन्दा दुई गुणाले बढी रहेको विश्व स्वस्थ्य संगठनले जनाएको छ । पर्याप्त खोप उपलब्ध नहुँदा अहिलेसम्म ४० लाख बालबालिकालाई मात्र खोप लगाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
खोपको अभाव हुँदा ५० प्रतिशत बालबालिका अझै खोप लगाउनबाट बञ्चित रहेका छन् । दादुरालाई रोक्न कंगोमा आठ लाख बालबालिकालाई खोप दिन गत सेप्टेम्बरमा कंगो सरकार र विश्व स्वास्थ्य संगठनले आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।
कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको जनाइएको छ ।