काठमाडौं, ४ मंसिर । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधन गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।
निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन गर्दे निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गर्दै प्रदर्शन गरेका हुन् । सार्वजनिक खरिद आठौ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससंग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् ।
व्यवसायीहरु माईतीघर मण्डला देखि थापाथली त्रिपुरेश्वर हुँदै युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए । बुधबार र बिहिबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।